आज प्रतिनिधिसभाको बैठक बस्दै

फाइल फाेटाे

२६फागुन,काठमाडौँ । संसद विघटनको प्रस्ताव बदर भएपछि आज दोश्रो पटक प्रतिनिधिसभाको बैठक बस्दैछ।

यस अघि फागुन २३ गते (आईतबार) प्रतिनिधिसभा बैठक बसेको थियो। तर उक्त बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध गरेका थिए।

त्यतीबेला (आज) बुधबारको लागि अर्को बैठक आव्हान गरिएको थियो। बैठक दिउसो १ बजे बस्नेछ।

आजको बैठकमा पनि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस