२६फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक ३ चैतसम्मका लागि स्थगित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठक पूर्वसांसदहरुको निधनप्रति शोक प्रस्ताव पारित गर्दै चैत ३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकमा उपस्थित नभई फर्किएपछि कार्यसूची संशोधन गरिएको थियो ।
आजको बैठकमा प्रमुख दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूचीमा राखिएको थियो ।
तर, प्रधानमन्त्री बैठक सुरु हुन ढिला भएको भन्दै झण्डै आधा घण्टा बसेर फर्किएपछि संसद् सचिवालयले कार्यसूची संशोधन गरिएको थियो ।
प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार