म्यान्मार सैन्य शासनले रिहा गर्‍यो सयौं आन्दोलनकारी युवा

२६फागुन,कामठाडौँ । म्यान्मार ‘जुन्ता सरकार’ ले आन्दोलनको क्रममा पक्राउ परेका सयौं युवालाई हिरासत मुक्त गरेको छ।

देशको सबैभन्दा ठूलो शहर रंगुनमा कर्फ्यु वज्ञा गर्ने हजारौं प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेका थिए। रंगुन प्रहरीले पक्राउ गरेका मध्ये सयौं युवालाई मात्रै रिहाई गरेको आन्दोलनकारीले बताएका छन्।

सेनाले सत्ता हातमा लिएर राजनीति ‘कू’ गरेसँगै म्यान्मारमा महिना दिनदेखि हिंसात्मक आन्दोलन जारी छ।

सैन्य नजरबन्दमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलगायतको रिहाई माग गर्दै दशौं हजार मानिस दिनहुँ सडक प्रदर्शनमा उत्रिएका छन्।

जुन्ता सरकारविरूद्ध आन्दोलनमा उत्रिएका मानिसलाई सुरक्षाकर्मीले अन्धाधुन्ध गोली प्रहार गर्दा अहिलेसम्म ६० जनाभन्दा बढी बर्मेली नागरिकले ज्यान गुमाएका छन्। तीमध्ये २ हजारभन्दा बढी सैन्य हिरासतमा रहेका छन्।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस