आज महाशिवरात्रि मनाइँदै

२७फागुन,काठमाडौँ । महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ।

बडादसैँ अघिको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि र महाशिवरात्रि गरी यी चार रातलाई अति महत्वको रातका रूपमा लिइएको छ। सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन्।

शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भन्ने गरिएको विश्वास गरिन्छ। आज द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने काठमाण्डौंको पशुपतिनाथसहित देशभरका शिवालयमा कोरोना कहरका बीचमै दर्शनार्थीको भीड देखिन्छ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस