‘ए मेरो हजुर ४’ ले तोक्यो प्रदर्शन मिती

२८फागुन, काठमाडाैँ । लामो समय ठप्प बनेको नेपाली चलचित्र क्षेत्र विस्तारै जुर्मुराउन लागेको छ।

पछिल्लो समय विभिन्न चलचित्रहरुबीच रिलिज मिती सार्वजनिक गर्ने होडाबाजी पनि छ। यहीबीच कोरोना महामारीको चपेटामा परेको चलचित्र ‘ए मेरो हजुर ४’ ले प्रदर्शन मिति सार्वजनिक गरेको छ।

झरना थापाको निर्देशनमा बनेको चलचित्र ०७८ साल भदौ १८ गतेका लागि रिलिज मिति तोकेको हो। झरनाले फेसबुकमार्फत चलचित्र रिलिजको मिति सार्वजनिक गरेकी हुन्।

चलचित्रमा नायक अनमोल केसी र झरनाकै छोरी सुहाना थापाको मुख्य भुमिका रहेको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस