
२८ फगुन, रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ७ जेलबाङमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको आयोजनामा दुई दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा १ सय ५५ जना किसान लाभान्वित भएका छन्।
शिविरमा पशु बन्ध्याकरण, बाझोपनको उपचार, आन्तरिक र बाह्य परजिविका कारण पशुमा लाग्ने रोग विरुद्धका औषधि वितरण गरिएको भेटेरिनरी अस्पताल रोल्पाका प्राविधिक मतिलाल कँवरले जानकारी दिएका छन् । साथै किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको जानकारी दिनुका साथै पशुरोगबाट बच्ने उपायबारे परामर्स पनि दिएको कँवर बताए।
वार्षिक स्वीकृत कार्यक्रम अनुसार जेलबाङमा स्वास्थ्य शिविर सञ्चालन गएिको भेटेरिनरी अस्पताल रोल्पाले जनाएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डाक्टर सुकईप्रसाद थारुको अध्यक्षता तथा सुनछहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष आशबहादुर पुनको प्रमुख आतिथ्यता सम्पन्न शिविरमा सुनछहरी गाउँपालिका वडा नम्बर ७का वडा अध्यक्ष राजबहादुर रोकाको विशिष्ट आतिथ्यता रहेको थियो ।
शिविरमा गाउँपालिका पशु सेवा शाखा प्रमुख पशु चिकित्सक सुनबहादुर पुन, भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका पशु चिकित्सक डाक्टर प्रतिभा थापा, भेटेरिनरी अस्पतालका गिरबहादुर घर्तीमगर, प्राविधिकहरु मतिलाल कँवर, शेरबहादुर वलि र दीपक खत्री लगायतको सहभागिता रहेको थियो ।