
३०फागुन,रोल्पा । राज्यको हरेक क्षेत्रमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरी बालबालिकाहरुको समस्यालाई संगठित रुपमा उठान गर्न सुनिलस्मृति गाउँपालिकाले बाल सञ्जाल गठान गरेको छ ।
बाल समूह, सञ्जालगठन व्यवस्थापन तथा सहजिकरण निर्देशिका २०७७ अनुसार पालिका स्तरीय बाल सञ्जालनिमार्ण गरी सुनिलस्मृति गाउँपालिका भित्र रहेका बालबिवाह, बालश्रम लगायत अन्य समस्यालाई न्यूनिकरणमा सहयोग गर्नको लागि पालिका स्तरीय बाल सञ्जाल गठन गरिएको हो ।
गाउँपालिकाले बालविवाह निवारण सम्बन्धि ५ वर्ष रणनीती निमार्ण गरि २०८२ सम्म बाल विवाह मुक्त पालिका घोषणा गर्ने योजनालाई थप प्रभावकारी गर्न समुदाय र विद्यालयमा बाल क्लव तथा बाल सञ्जा लनिमार्ण गर्दै आएको छ ।
नेपालको संविधानले राज्यको हरेक क्षेत्रमा बालबालिकाहरुको अर्थपूर्ण र समान सहभागिता हुने व्यवस्था गरे पनि हरेक क्षेत्रमा बालबालिकाको न्यून सहभागि रहेकाले पालिकाको सबै क्षेत्रमा अर्थपूर्ण सहभागितामा वृद्धि गर्न गाउँपालिका लागेको कार्यक्रमका प्रमुख अतिथि तथा सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए । समुदायमा बालबालिकाको समस्यालाई समाधान गर्न गाउँपालिकाले बाल सञ्जालगठन गरेको बताउँदै यति सानै उमेरमा बालबालिकाहरुले पालिकाको नेतृत्व गर्न सक्ने क्षमता भएका बालबालिकाहरु नै पछि स्थानीय तहको नेतृत्व गर्न सक्ने क्षमता रहेको घर्तीले बताए ।
सुनिलस्मृति गाउँपालिकाको ८ वटै वडामा रहेका माध्यामिक र आधारभूत विद्यालयमा गठन गरिएका बालक्लवहरुबाट बालबालिकाको सहभागिता रहेको थियो ।