प्रचण्ड माओवादी संसदीय दलको नेता चयन

३चैत्र, काठमाडाैँ । नेपाल माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ।

मंगलबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता र देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले बताए।

त्यसैगरी राष्ट्रियसभा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको उनले जानकारी दिए।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस