१‍ सय १४ कोरोना संक्रमित थपिए

३ चैत्र, काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गर्दा १ सय १४ जनालाई संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९४ जना कोरोनामुक्त भएका छन् भने संक्रमितको मृत्यु शुन्य छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ ।

जसमध्ये २ लाख ७१ हजार ४ सय ९५ जना निको भएका छन् । अहिले सक्रिय संक्रमित ९ सय १५ रहेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस