पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

फाइल फाेटाे

३चैत्र, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो ।

निगमले जारी गरेको सूचना अनुसार इण्डियन आयल कर्पोरेशनले वृद्धि गरेर पठाएको मूल्य अनुसार वृद्धि गरिएको निगमले जानकारी दिएको छ ।

अब मूल्य वृद्धिपछि पेट्रोल ११८ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टितेलको १०१ रुपैयाँ पुगेको छ। हवाई इन्धन, खाना पकाउने एलपी ग्यासको मूल्य थवावत राखिएको निगमले जानकारी गराएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिमय पदार्थको मूल्य वृद्धि भैरहेकोमा इण्डिन आयल निगमले मूल्य बढाएको र सोहि अनुसार नेपालमा पनि मूलय वृद्धि गर्नुपरेको निगमले बताएको छ। मुल्य वृद्धि गर्दा पनि निगम अझै घाटामा रहनुपरेको निगमको दाबी छ।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस