मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगित

फाइल फोटो

२फागुन,काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयका दशवटै आंगिक क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ।

उच्च अदालत सुर्खेतले चैत ३ गते गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियको निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित भएको हो।

चैत्र ८ गते दुवै पक्षलाई उच्च अदालत सुर्खेतमा उपस्थित हुन पनि आदेश जारी गरेको छ। विश्वविद्यालयको बैठकले केन्द्रीय क्याम्पससँगै अन्य आंगिक क्याम्पसको पनि स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस