रोल्पा जलजलाको अध्यक्षमा विष्ट

३ चैत्र, लिबाङ । रोल्पा जलजला यातायात प्रा.लि.को अध्यक्षमा शङ्करकुमार विष्ट चयन भएका छन् ।

यातायात प्रा.लि.को जिल्ला सदरमुकाम लिबाङ सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले विष्टको अध्यक्षतामा सर्वसम्मत  रुपमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

यातायात प्रा.लि.को बरिष्ठ उपाध्यक्षमा ठगेन्द्रप्रसाद केसी, उपाध्यक्षमा मदन गिरी, महासचिवमा वरमान बुढामगर, सचिवमा कृष्ण लामा, कल्याणकारी सचिवमा भुपेन्द्र शर्मा र टेकेन्द्र घर्तिमगर, कोषाध्यक्षमा सुरेन्द्र थापा, सह कोषाध्यक्षमा भरत कुमार बिष्ट चयन भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस