२४वैशाख, काठमाडौं । सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सिफारिस गरिएको छ । संवैधानिक परिषद्को बैठकले शर्माको नाम सिफारिस गरेको हो ।
न्याय परिषद्ले भावी प्रधानन्यायाधीश नियुक्तिका संवैधानिक परिषद्मा सिफारिस वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका थिए ।
शर्मा सिफारिसमा परेकामध्ये चौथो वरीयताका न्यायाधीश हुन् । ६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा पुरै कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् ।
प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार


