ओलीले पार्टीमा विग्रह ल्याउनुभयो : माधव नेपाल

४चैत्र, काठमाडाैँ ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विग्रह ल्याएको बताएका छन्।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बुधबार आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी विग्रहको जिम्मेवार केपी ओली नै भएको बताए।

‘यो स्थिति आज किन उत्पन्न भएको छ? तपाईं हाम्रो मनमा गम्भीर प्रश्न खडा भएको छ। यो स्थिति उत्पन्न हुनुमा अरु कोही होइन, केपी ओलीजी हो’, नेता नेपालले भने, ‘उहाँ नै सबै कामको, सबै वितण्डा, पार्टीभित्र विग्रहको निम्ति उहाँ नै जिम्मेवार हुनुहुन्छ। तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण छन्।’

‘साइबर स्यालहरू अझै ज्युँदै छन्। ‘साइबर स्यालदेखि होसियार, गलत सूचना संप्रेषण गर्न सक्नेछन्। कुनै पनि किसिमको अलमलमा पर्नुपर्ने छैन,’ उनले भने।

नेता नेपालले आफूहरुको लडाईं पदको लागि नभएको र सिद्धान्तको लागि भएको बताए। उनले भने, ‘हाम्रो लडाईं पदको लडाईं होइन। सिद्धान्तको, विचार, उदेश्यको लडाईं हो।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस