१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले नेपाल-खनाल पक्षको राष्ट्रिय भेला

फाइल फाेटाे

५ चैत्र, काठमाडौँ ।१७ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमाले ‘नेपाल-खनाल’ समूहको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

बुधबारबाट शुरु भएको भेलाले बिहिबार उपाध्यक्ष भीम रावलले पेश गरेको प्रस्ताव पारित गरेको हो । भेलाले एमाले र माओवादीका बीचमा भएको एकीकरण नै खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असहमति प्रकट गरेको छ ।

भेलाले फागुन २८ गते केपी शर्मा ओली नेतृत्वमा बसेको केन्द्रीय कमिटि बैठकले गरेको निर्णय सच्याउन समेत आग्रह गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीमा माओवादीका नेताहरुलाई मनोनयन गदै एमालेका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय अस्वीकार गर्ने र देशव्यापी रुपमा भेला आयोजना गर्ने प्रस्ताव समेत नेपाल समूहको भेलाले पारित गरेको छ ।

भेलाको दोस्रो दिन बिहीबार उपाध्यक्ष रावलले प्रस्तुत गरेको १७ बुँदे प्रस्ताव १० वटा समूहले समूहगत रुपमा छलफल गरेको र उनीहरुको सुझावलाई समेटेर परिमार्जनसहित परित गरिएको नेता योगेश भट्टराईले जानकारी दिए ।

यी हुन राष्ट्रिय भेलामा पारित १७ बुँदे प्रस्ताव

 

 

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस