भारतमा २४ घण्टामा ३९ हजारभन्दा बढीमा संक्रमण

६ चैत्र, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २३ घण्टामा त्यहाँ ३९ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या वर्षकै धेरै हो ।

यसअघि ५ चैत्रमा ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १५ लाख १३ हजार ९४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ४०५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १० लाख ८१ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ७३ हजार २०५ छ ।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस