६ चैत्र,काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दैछ । सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि चौथो पटक बस्न लागेको हो ।

दिउँसो १ बजे डाकिएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६ ०७७ को वार्षिक प्रतिवेदन तथा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै २०५८ सालको राष्ट्रिय सभा सदस्य, २०६३ सालको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य तथा २०७० सालको संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।