आज घट्यो सुनको मूल्य

६ चैत, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेकाे छ । बिहीबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८६ हजार दुई सय ५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस