कांग्रेस नेता जोशीको उपचारमा १० लाख सहयोग

६चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारकाले १० लाख सहयोग गर्ने भएको छ ।

मतिष्कघातका कारण नर्भिक अस्पतालमा उपचाररत जोशीलाई सरकारले आर्थिक सहयोग स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले जोशीको उपचारका लागि सो रकम सहयोग गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस