महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

६ चैत्र, काठमाडौँ । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् ।

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने उदेश्यले महान्यायाधिवक्ताबाट राजीनामा दिएको श्रोतले जनाएको छ ।

आफ्नो राजीनामाबारे उनले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका छन्। महान्यायाधिवक्ताबाट राजीनामा दिएका खरेल अब पार्टीको जिम्मेवारीमा फर्किने निर्णय गरेका हुन्।

खरेल झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने तयारीमा रहेको बताइएको छ । खरेल नेकपा एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित थिए ।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस