काठमाडौंको चाल्नाखेलमा दुई पुरुषको शव फेला

६चैत्र, काठमाडौँ । काठमाडौंको चाल्नाखेलमा दुई पुरुषको शव फेला परेको छ।

आज दिउँसो शव फेला परेको जानकारी आएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले जानकारी दिए।

हामी भर्खरै घटनास्थलमा पुगेका छौं। दुई वटा शव जंगलमा मृत अवस्थामा फेला परेको हो। अनुसन्धान सुरु भइसकेको छ, एसपी बस्नेतले भने।

घटना हत्या वा आत्महत्या के हो भन्ने खुलिसकेको छैन।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस