पद पाए अग्रगमन, नपाए प्रतिगमनःपरराष्ट्रमन्त्री ज्ञवाली

६ चैत्र, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली सर्वोच्च अदालतको फैसलापछि दलहरुबीचमा नयाँ ढंगको समझदारी विकास गरेर लैजानु पर्ने आवश्यकता रहेकाले त्यसमा सरकारले सकारात्मक भूमिका खेल्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले दलहरूको बीचमा नयाँ ढंगको समझदारी विकासका लागि सरकार र एमाले पूर्ण रुपले सहयोगी रहने र रचनात्मक भूमिका खेल्ने बताएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले निश्चित व्यक्ति पदमा पुग्न नपाउँदा प्रतिगमन हुने र पदमा पुग्न पुग्दा अग्रगमन हुने भन्दै असन्तुष्ट पक्षप्रति आक्रोश पनि पोखे ।

उनले नेपाल–भारत संयुक्त छैटौँ बैठकमा लिपुलेक, लिम्पियाधुराको एजेन्डा औपचारिक रुपमा भारत सामू राखेको सदनलाई जानकारी दिए । गत माघमा सम्पन्न बैठकमा उक्त एजेन्डा उठाएको उनले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस