रोल्पामा ५ सय ५९ कुकुरको बन्ध्याकरण

६ चैत्र, रोल्पा। रोल्पामा ५ सय ५९ कुकुरको बन्ध्याकरण गरेको छ । भेटेरिनरी अस्पताल तथा विज्ञकेन्द्र रोल्पाले जिल्लाका चार स्थानीय तहमा कुकुर बन्ध्याकरण शिविर संचालन गरेको थियो ।

विज्ञ केन्द्रले रोल्पा नगरपालिकामा १४९, रुन्टीगढी गाउँपालिकामा १०७, त्रिवेणीमा १२८ र परिवर्तनमा १७५ वटा घरपालुवा र सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो।

शिविरमा ३६३ घरपालुवा कुकुर र १९६ सामुदायिक कुकुरहरूको स्थायी बन्ध्याकरण गरिएको विज्ञ केन्द्रका सूचना अधिकारी गिरबहादुर घर्तीले बताएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस