ट्राफिक प्रहरीद्वारा मापसे जाँच स्थगित

काठमाडौँ । कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँच स्थगित गरेको छ ।

कोरोना भाइरस संक्रमण हुने सक्ने भएकाले मापसे जाँच रोकिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

अत्यावश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने उनले जनाए ।

ट्राफिकले मापसे गरेर जरिमानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस