चितवनमा ७२ घण्टामा तयार भयो ७० शैयाको अस्पताल

चितवन। संभावित कोरोना संक्रमणलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिकामा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको छ । महानगरपालिकाकी मेयर रेणु दहालले ७२ घण्टामा कोरोना विशेष अस्पताल तयार गरिसकिएको जानकारी दिइन् ।अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित छ। अस्पताल आजै शुक्रवारबाट विरामी भर्ना गर्न मिल्ने बताईएको छ।कोरोनाको शंका लागेका विरामीलाई मात्र त्यहाँ राखिनेछ ।अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्।मंगलबारबाट काम सुरू गरिएकोमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र सर्वसाधरणको टोली समेत गरेर १ सय ५० जनशक्ति खटिएका थिए।

प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस