
८चैत्र,काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ।
यस अवधिमा थप तीन हजार १८१ जनाको पिसिआर परीक्षण गरिएको थियो हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना पुगेको छ।
हाल ४८ जना क्वारेन्टिनमा रहेका छन्। हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार