
८चैत्र,काठमाडाैँ । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ।
सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सत्ता समीकरण लगायतका विषयमा छलफलको लागि बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेले बताएका छन्।
बैठक बोलाए लगत्तै आइतबार दिउँसो वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूबीच भेटबार्ता समेत भएको छ।
प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार