
९चैत्र, काठमाडौँ । नेपाल पछिल्लो २४ घण्टामा थप १५० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ४७२ को पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५६ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार २० पुगेको छ ।
संक्रमणबाट तीन जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ ।
हाल देशभर आइसोलेसनमा १ हजार १७ जना र क्वारेन्टाइनमा ५१ जना रहेका मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार