रोल्पा । डाक्टर महावीर पुनको आत्मकथा पुस्तक किन्न रोल्पामा उत्साहजनक सहभागिता देखियो । चैत ७ गतेदेखि रोल्पामा महावीर पुनको पुस्तक किन्न रोल्पाली सक्रिय रहे । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक समेत रहनु भएका पुन चैत ६ गते बेलुका पुस्तक बिक्रिवितरणका लागि जिल्लाको सदरमुकाम लिबाङ आए ।
चैत्र ७ गते बिहानैदेखि पुस्तक बिक्रि गर्न सक्रिय रहेका पुनलाई जिल्लावासीले सक्रिय रुपमा साथ सहयोग दिए । सदरमुकाम लिबाङ, माडीचौर, खुमेल, मिझिङ, सुलिचौर र खुंग्रीमा पुनको पुस्तक बिक्रि गरिएको डा. पुनका साथमा रहेका हिरा पुनमगरले जानकारी दिए ।
रोल्पामा यसपालीको अभियानमा मात्र २ हजार ४५ थान पुस्तक बिक्रि भयो । रोल्पामा पुस्तक बिक्रि गरेर प्यूठान तर्फ जाँदै गर्दा डा. पुनले भने, ‘रोल्पामा उत्साहजनक रुपमा पुस्तक बिक्रि भयो ।’ यसपाली मात्र १५ लाख बराबरको पुस्तक बिक्रि भएको हो ।
रोल्पामा संस्थागत र व्याक्तिगत रुपमा पुस्तक किन्ने सक्रिय रहे । पालिका, क्याम्पस, विद्यालय, यातायात व्यवसायी, सरकारी कार्यालयबाट संस्थागत रुपमा पुस्तक किनिएको थियो ।
पत्रकार, शिक्षक, प्राध्यापक, वुद्धिजीवी, कर्मचारी, सेना, प्रहरी, विद्यार्थी, सर्वसाधारण पुस्तक किन्न हौसिएको पाईएको पुस्तक बिक्रिवितरणलाई सहज बनाउन संयोजनमा सक्रिय भूमिका निभाएका नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति काशीराम डाँगीले जानकारी दिए । ३० वर्षदेखि बन्द रहेको विरगंज स्थित कृषि औजार कारखानालाई पुनः संचालन गर्न आफैले लेखेको आत्मकथा ‘सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्रि गरेर पैसाको जोहो गर्न देश डौडाहमा रहेकै बेला पुन सदरमुकाम लिबाङ र आसपास आएका हुन् ।
जिल्लामा रहुन्जेल पुस्तक बिक्रिका लागि थुप्रै युवा स्वतःस्फूत सहयोगमा जुटेको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष खेम बुढामगरले जनाए ।
सम्मान र पुस्तक खरिदको चटारो
जिल्लामा रहन्जुले डा. पुनलाई सम्मान ग्रहण गर्न र पुस्तक बिक्रिवितरण गर्ने चटारो नै रह्यो । कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं भू-तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख रोवर्ट महराले रोल्पाली पुवा र भाङो (अल्लो र भांग्रो) बाट बुनेको टोपी लगाएर सम्मान गरे ।
जलजला क्याम्पस पुगेर पुस्तक बिक्री सुभारम्भ गरेका पुनले विद्यार्थीसँग अभियानबारेको अनुभव सुनाए । क्याम्पस परिवार स्वागत ग¥यो । क्याम्पसमा संस्थागत १५ वटा पुस्तक किनिएको थियो । युवा समाजसेवी विनोद डाँगीबाट १० थान र विशाल खत्रीले ५ थान पुस्तक खरिद गरि क्याम्पसको पुस्तकालयलाई हस्तान्तरण गरे ।
जहाँकहीँ जाँदा अविर र खादाले सम्मान गर्ने क्रम पुस्तक बिक्रि गर्ने क्रममा चलिरह्यो । भट्ट होटेल अगाडि चोकमा खुला रुपमा पुस्तक बिक्रि गर्दैगर्दा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशव आचार्य सहितको टोली र रोल्पाली युवाहरुले खादा र अविर लगाएर स्वागत र सम्मान गरे ।
रोल्पा नगरपालिकले कार्यालयमै सम्मान गर्दै संस्थागत रुपमा १ सय थान पुस्तक खरिद गरिदिएको नगरपालिकाको सचिवालय जनाएको छ । कार्यालयका सबै कर्मचारीले व्यक्तिगत रुपमा पनि पुस्तक किनेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले जिल्ला प्रहरी परिसरमै स्वागत गर्र्दै पुस्तक किन्ने मेलो मिलाएका थिए । जिल्ला प्रहरी कार्यालयले संस्थागत रुपमा १० पुस्तक खरिद गरको थियो । प्रहरीले व्यक्तिगत रुपमा पनि पुस्तक किने ।
रोल्पा अस्पताल रेउघामा निमित्त मेसु ऋषव गौतम सहितका अस्पताल परिवार र स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीको समूहले सम्मान र स्वागत गर्दै पुस्तक खरिद गरे ।
माडीचौरमा रहेको कृषि क्याम्पसमा पनि पुनको स्वागत सहित पुस्तक किनबेच भयो । नेपाल मावि कोटगाउँले २० थान र बाल उदय मावि माडीचौरले १५ थान पुस्तक संस्थागत रुपमै किने ।
कोरोना कालमा निःशूल्क सामग्री पठाएर त्रिवेणी गाउँपालिकावासीको स्वास्थ्य क्षेत्रमा सहयोग गरेको भन्दै डा. महावीर पुनलाई पालिकाले कदरपत्र दियो ।
त्रिवेणी गाउँपालिकाले १० थान र ७ नं. वडाका अध्यक्ष भानबहादुर घर्तीले संस्थागत रुपमा ५ थान पुस्तक समेत किने । जनजागृति उच्च मावि जुगारले ५० थान, जनकल्याण मावि वुढागाउँले ७ थान, विरेन्द्र मावि गैरीगाउँले ५ थान, पशुपति प्रावि गैरा झेनाम ५ थान, सिद्धार्थ मावि घोप्टेओढारले १० थान पुस्तक किने ।
रोल्पा जलजला यातायात प्रालिले १२ थान, जलजला हिमाल यातायात प्रालिले १२ थान र हिमताल यातायात प्रालिले ६ थान संस्थागत रुपमा पुस्तक किने । क्षेत्री समाज रोल्पाले पनि १० थान पुस्तक किन्यो ।
मेबाङ स्थित वहुप्राधिक शिक्षालयले स्वागत गर्दै संस्थागत रुपमा २० पुस्तक किन्यो । त्यहाँका विद्यार्थीबीच डा. पुनले अभियानबारे र प्रेरणादायी भनाई राखे । बालकल्याण नमूना विद्यालयले विद्यालय परिसरमै बोलाएर स्वागत ग¥यो र संस्थागत रुपमा ३० थान पुस्तक किन्यो । शिक्षकशिक्षिका र विद्यार्थीले पनि व्यक्तिगत रुपमा पुस्तक किने ।
होलीभिजन अंग्रेजी आवासीय विद्यालय पनि स्वागत ग¥यो । संस्थागत रुपमा ५ थान पुस्तक सहित शिक्षकशिक्षिका र विद्यार्थीले समेत पुस्तक किने । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले कार्यालयमै डा. पुनलाई स्वागत गर्दै पुस्तक किनेका थिए । वटुक दल गणका सेनानी विकेसिंह विकले गण परिसरमै स्वागत गरे। त्यहाँ पनि पुस्तक बिक्रिवितरण भयो ।
राष्ट्रिय माध्यमिक विद्यालय खुमेलले संस्थागत १० थान र चन्द्रप्रभा मावि मिझिङले १० थान पुस्तक किने । चन्द्रप्रभाका शिक्षकशिक्षिका, अभिाभावक र विद्यार्थीले पनि पुस्तक किने ।
सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको नेत्ृवमा गाउँपालिकाको हलमा डा. पुनलाइ स्वागत गर्दै पुस्तक बिक्रि वितरण भयो । पालिकाले २० थान पुस्तक किन्यो भने कर्मचारी र सहभागी व्यापारी, वुद्धिजीवी, पत्रकार, व्यवसायीले समेत पुस्तक किने । अमिसा फाउण्डेशनले ३० थान पुस्तक खरिद ग¥यो ।
पश्चिम रोल्पाका उदयीमान युवा व्यवसायी मधुसुधन बुढामगरको समन्वय र पहलमा ५५ थान पुस्तक बिक्रि भयो । दक्षिणी रोल्पाका विभिन्न विद्यालयले पनि संस्थागत रुपमा पुस्तक किनेको शैक्षिक अभियन्ता सन्दिप थापाले जानकारी दिए । पूर्वी रोल्पाको सुलिचौर स्थित सूर्योदय मावि, जलजला अंग्रेजी आवासीय विद्यालय रुइनीबाङ, त्रिपुरेश्वरी मावि र स्वास्थ्य कार्यालय खुंग्रीमा समेत स्वागत र पुस्तक बिक्रि भएको पूर्वी रोल्पामा पुस्तक बिक्रि संयोजनमा सक्रिय रोल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष मिलन रोकाले जानकारी दिए । लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघका उपाध्यक्ष बालकृष्ण सुवेदी र रोका सहितको युवा समूहले सुलिचौर आसपासमा पुस्तक बिक्रिका लागि सक्रिय संयोजन गरेको थियो ।
पुस्तक किन्दै पुनसँग फोटो खिचाउदै
मातृभूमिका लागि निस्वार्थ सेवामा रहेका डा. महाबीर पुन एक सेलीबे्रटी कै रुपमा रहेका छन् । पुस्तक किन्ने र महावीर पुनसँग फोटो खिचाउनेको लर्कोले यहीँ पुष्टि गर्छ । महाबीर पुन जहाँजहाँ पुस्तक बिक्रिका लागि पुग्छन्, त्यहीँत्यहीँ सँगै उभिएर फोटो खिच्नेको घुँइचो लागको देखिन्छ । अचेल धेरै रोल्पालीको फेसबुक भित्ताभरी महावीर पुनसँग पुस्तक किन्दै सँगै उभिएको तस्बीरले रंगिएका छन् ।
पुस्तक पढेर पुनलाई नजिकबाट अनुभूति गर्ने मात्र नभई कृषि औजार कारखाना संचालनका लागि सहयोग पुग्ने भन्दै सबैजसोले पुस्तक किनेको पाईएको बिक्रि अभियानमा सक्रिय रोल्पा अस्पताल विकास समितिका अध्यक्ष शेरबहादुर थापाले जनाए । डा. पुनको अभियानमा एक्यवद्धता जनाएको समेत धेरैले प्रतिक्रिया दिएका छन् । डा. पुनको साधारण जीवनशैलीले भेट भएका सबैजसो रोल्पाली मत्रमुग्ध भए ।
चित्रकारबाट चित्रकला हस्तान्तरण
पुस्तक बिक्रि अभियानमा रहेका डा. पुनलाई वरिष्ठ चित्रकार रामचन्द्र श्रेष्ठले चित्रकला दिदै सम्मान गरे । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित कलासाधक श्रेष्ठले मायाको चिनो स्वरुप चित्रकला हस्तान्तरण गरेका हुन् ।
सामाजिक सेवाका अनवरत खटिएका अन्तराष्ट्रिय स्तरमै चर्चित आविस्कार केन्द्रका अगुवालाई भेटेर चित्रकला दिन पाउँदा खुशीको अनुभूति गर्दै चित्रकार श्रेष्ठले पुस्तक समेत किने ।
अर्का चित्रकार यामबहादुर बाँठाले डा. पुनको मुहार चित्र सहितको चित्रकला हस्तान्तरण गरे । मुस्काउँदै डा. पुनले चित्रकला ग्रहण गरे । दुवैजना चित्रकारलाई डा. पुनले सप्रेम १/१ थान पुस्तक दिए ।
सहयोग र सौजन्यमा पनि जुटे रोल्पाली
सम्मान र स्वागतमा मात्र होईन डा. पुनको खाना, खाजा, बसाँई र यात्रालाई सहज बनाउन रोल्पाली स्वतःस्फुर्त रहयोग गरे । पुर्वमन्त्री एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनगरले लिबाङको होटेल बसाई र खानाको सौजन्य गरे ।
डा. पुन र पुस्तक बिक्रि अभियानमा जोडिएका सबैलाई खाजा गुर्खा रेष्टुरेण्टका संचालक पदम थापाले निःशूल्क व्यवस्थापन गरे । रोल्पाली ढिडो सहितको खाना होलिभिजन अंग्रेजी आवासीय विद्यालयका प्रीन्सीपल ओम खत्रीले आफ्नै विद्यालयमा व्यस्था गरे ।
रोल्पाबाट फर्किदा डा. पुन यात्रारत जिपमा ३ हजार ५ सय बराबरको टेलको व्यवस्थापन युवा व्यवसायी रमेश आचार्यले गरे । रोल्पा जलजला प्रालि र जलजला हिमताल यातायात प्रालिले एक दिन जिप उपलब्ध गराएका थिए । यातायात व्यवसायी एवं समाजसेवी भिमसेन घर्ती र यज्ञश्वर आचार्यले पुस्तक खरिद र यातायात सहजा बनाउन सक्रियता देखाए ।
पूर्वी रोल्पाको सुलिचौरको बसाँईका लागि निकिता होटेल एण्ड लजले सौजन्य गरेको थियो । विहानी खाजा र खाना एलिसा खाजा घर होटेल तथा लजले सौजन्य ग¥यो ।
पुस्तक विक्रिवितरणका थप तस्विरहरु