
१०चैत्र, काठमाडौं । नेपालमा थप एक सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ३२ जनाको पीसीआर परीक्षण गरिएकोमा एक सय ८८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७६ हजार दुई सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभर एक हजार एक सय २८ जनाको सक्रिय संक्रमित छन् ।
नेपालमा हालसम्म पीसीआर परीक्षण हुनेको संख्या २२ लाख ४५ हजार ३० पुगेको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या तीन हजार १९ पुगेको छ। हाल ४८ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ७७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या दुई लाख ७२ हजार ९७ जना पुगेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार