रुन्टीगढीको उमा र सालबाङ गाउँमा पुग्यो बिजुली

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर २ र ३ मा विजुली पुगेको छ । रुन्टीगढी २ उमा र ३ सालाबाङ राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो ।

शनिबार लुम्बिनी प्रदेशसभा सदस्य जोखबहादुर महराले रिबन काटेर विद्युतीकरणको औपचारिक उदघाटन गरेका छन् ।

विज्ञान र प्रविधिले धेरै विकास गरेकोले मोबाइल, कम्प्युटर चलाउन तथा हरेक क्षेत्रमा विद्युतको आवश्यक रहेको उनले बताए । उज्यालो रोल्पा अभियान अन्तर्गत जिल्लाका सबै स्थानीय तह विद्युत विस्तार गरिरहेको महराले बताए ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस