मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन एमालेको निर्देशन

११चैत्र, काठमाडौँ । नेकपा एमालेको प्रदेश १ संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ।
a
बुधबार विराटनगरमा बसेको संसदीय दलको बैठकले सांसदहरुलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलो पटक बैठकले बसेको हो।

मुख्यमन्त्री राईविरुद्ध सदनमा दर्ता भएको अविश्वास प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले हस्ताक्षर गरेका छन्।

बैठकले दलको विधान पारित गरेको छ। विधान पारित गरेर १५ सदस्यीय संसदीय बोर्ड समेत गठन गरेको छ।

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस