पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : प्रचण्ड

११चैत्र, काठमाडाैँ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन्।

पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताएका हुन्।

‘पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या अर्को कुनै नयाँ मोडालिटीको खोजी गर्ने बारेमा केन्द्रीय कमिटीमा छफलमै छौँ’, अध्यक्ष दाहालले भने।

उनले माओवादी केन्द्र कम्युनिष्ट एकता प्रक्रियामा सङ्ख्यात्मकरुपमा जुन संरचनामा गएको थियो सोही यथावत राख्ने वा थप एकतामा जाने भन्ने विषयमा पनि छलफल भइरहेको बताए।

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस