११चैत्र,काठमाडौँ । सरकारले होली पर्व घरमै मनाउन आग्रह गरेको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेका छन्।
कोरोना भाइरस संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो।
होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ।
प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार