कमनेट सोलुसनले ‘इजी बाई इजी पे’ को माध्यबाट किस्तामै टिभि,ल्यापट तथा फ्रिज विक्री गर्ने

१२चैत्र, रोल्पा । ग्लोबल आइएमई बैकं लिबाङ र कमनेट सोलुसन तथा सप्लायर्स वीच Easy Buy Easy Pay को लागि रोल्पामै दोस्रो पटक ल्यापटप, टि.भि तथा फ्रिज तथा अन्य इलेक्ट्रिकल सामान खरिद गर्न सकिने गरी संझौता भएको छ । Easy Buy Easy Pay अन्तर्गत उक्त सामग्री खरिदमा कुनै पनि अग्रिम भुक्तानी शुल्क, धितो तथा व्याजलाग्ने छैन । उक्त संझौतामा लिबाङ शाखाका,  शाखा प्रबन्धक प्रविण आचार्य र सप्लायर्सका संचालक नन्दलाल कुवरविच संझौतामा हस्ताक्षर भएको हो ।

१५ हजार देखि २ लाख सम्मका सामग्री खरिद गर्न सकिने छ ।  उक्त रकम मासिक शुन्य प्रतिशत व्याज र किस्ताबन्दीमा भुक्तानी सेवा उपलब्ध हुने छ ।  किस्ता ग्राहकाे राेजाइ अनुसार ६ , १२, र १८ महिने  बनाउन पाइने कमनेट सोलुसन तथा सप्लायर्सका प्रोप्राइटर नन्दलाल कवरले बताए।

सामान खरिदको लागि ग्राहक ग्लोबल आइएमई बैकंको क्रेडिट कार्ड प्रयोगकर्ता भने अनिवार्य हुनु पर्नेछ । यसभन्दा अगाडि पनि कार्ड प्रयोग गरिसकेका प्रयोगकर्ताको लागि यो मान्य रहनेछ भने अन्यको लागि भने क्रेडिट कार्ड आवेदन दिनु पर्नेछ । क्रेडिट कार्ड तथा Easy Buy Easy Pay को लागि भने बैकंको आवश्यक मापदण्ड तथा शर्तहरु रहेको र उक्त शर्तभित्र प्रयोगकर्ता परेमा कार्ड उपलब्ध गराउन सकिने ग्लोबल आइएमई बैक लिबाङ शाखाका शाखा प्रबन्धक प्रविण आचार्यले बताए ।

 यो सेवा रोल्पामै पहिलोपटक समिप इलेक्ट्रोनिक्समाउ उपलब्ध रहेको थियो भने कमनेट सोलुसन दोस्रो बनेको छ ।

राेल्पामा  ग्लोबल आइएमई बैकं लिबाङ शाखाले लिबाङ तथा घर्तिगाउका विभिन्न पसल, होटल तथा रेष्टुरेन्टहरुमा QR Payment पनि उपलब्ध गराएको छ  ।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस