एमाले संसदीय दलको बैठक आज बस्दै

१३चैत्र,काठमाडाैँ ।  नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ।

चालु संसद अधिवेशनलाई प्रभावकारी बनाउन, विकास निर्माणबारे कार्यक्रम पेश गर्न र दललाई एक ढिक्का बनाउन लगायतका विषयमा छलफल गर्न बैठक बोलाईएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

बैठक दिउँसो ३ बजे बस्दैछ। बैठकमा माधवपक्षका सांसदहरू उपस्थित हुने कि नहुनेबारे निश्चित भईसकेको छैन।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस