
फाइल फाेटाे
१३ चैत, राेल्पा। जिल्ला प्रशासन कार्यालय रोल्पाले मास्क नलगाई घरबाहिर हिड्नेलाई कारबाही गर्ने भएको छ ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै सतकर्तता अपनाउन भन्दै प्रशासनले मास्क नलगाई बाहिर हिड्नेलाई कारबाही गर्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय रोल्पाले आज सूचना जारी गर्दै मास्क नलगाई हिँडेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने जनाएको छ ।
त्यस्तै गोष्टी, सेमिनार, तालिम जास्ता कार्य गर्दा पनि सामाजिक दुरी काय गरि जनस्वास्थ्य माफदण्ड पालना गर्न आग्रह गरको छ ।
प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार