रोल्पा । पूर्वी रोल्पाका तीन गाउँपालिकाका जनप्रतिनिधिहरु योजना माग गर्न सिंहदरबार धाएका छन् ।
सुनिलस्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका र सुनछहरी गाउँपालिकाका जनप्रतिनिधिहरु योजनाको माग गर्न सिंहदरबार धाएका हुन् ।
रोल्पा प्रदेशसभा (क)बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य जोखबहादुर महराको नेतृत्वमा योजनाहरुको माग गर्न गएका जनप्रतिनिधिहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहल, गृह मन्त्री रवी लामिछाने, कृषि तथा पशुपंन्छी मन्त्री ज्वाला कुमारी साह, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतसँग भेट गरेका छन् ।
पूर्वी रोल्पाका तीन गाउँपालिकाको समग्र विकासको बारेमा योजनाहरुको माग गरिएको सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए ।
उनले तीन गाउँपालिकाको सहजताका लागि इलाका प्रशासन कार्यालयको स्थापना गरिनुपर्ने, कोल्ड स्टोरको स्थापना, लुङ्ग्री खोला हाइड्रो पावर लगाएतका योजनाहरुको माग गरिएको बताए ।
बडाचौर एयरपोर्ट पुनस् सञ्चालनको लागि संस्कृति पर्यटन तथा नागरिक उद्यन मन्त्री, क्याम्पस स्थापनाका लागि शिक्षा मन्त्री र पूर्वि रोल्पाको समग्र विकासको लागि अर्थ मन्त्रालयमा योजनाको माग गर्ने तयारी रहेको जनप्रतिनिधिहरु बताएका छन् ।
लुम्बिनी प्रदेशसभा सदस्य महरासँगै सनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा, लुङ्ग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापा, सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन, उपाध्यक्ष ननकला घर्ती लगायत टोलि सिंहदरबार गएको छ ।