कांग्रेसका नेता जोशीको निधन

१४चैत्र,काठमाडाैँ । करिब दुई साता देखि सिकिस्त बिरामीमा अवस्थामा रहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको मस्तिष्कघातको कारण निधन भएको हो। उनका शुक्रबार राति ८ः २५ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ।

गत फागुन १३ गते देखि मस्तिष्कघातको समस्या भएपछि वीर अस्पताल हुँदै उनलाई नर्भिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री साथै पूर्वसांसद पनि रहिसकेका जोशीमा मष्तिस्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो।

पहिलो संविधान सभा र दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौंबाट निर्वाचित जोशी उद्योगमन्त्री समेत बनेका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेता नवीन्द्रराज जोशीको निधनबाट देशले असल र कुशल नेता गुमाएको बताएका छन्।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस