
१४चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवीन्द्रराज जोशीको निधनप्रति दु:ख व्यक्त गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै नेता देउवाले दु:ख व्यक्त गरेका हुन्।
‘नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु, जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु’ उनले फेशबुकमा लेखेका छन्।
पूर्वमन्त्रीसमेत रहेका जोशीको शुक्रबार राति ८ः २५ बजे नर्भिक अस्पतालमा मृत्यु भएको हो।
याे पनि पढ्नुहाेस् :
कांग्रेसका नेता जोशीको निधन
प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार