
फाइल फाेटाे
१४चैत्र,काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवीन्द्रराज जाेशीको निधनले दु:ख लागेको बताएका छन्।
जाेशीको निधनले आफूलाई सम्हाल्न नसकेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्।
नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको निधनले स्वयमलाई मर्माहत बनाएको बताउदैं उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका उदियमान नेता नविन्द्रराज जाेशी अब हामी बीच रहनुभएन। आम जनताका ढुकढुकी लाेकप्रिय नेता जाेशीकाे निधनकाे खबरले मलाई मर्माहत बनाएकाे छ।
नेपाली कांग्रेसका भराेसा याेग्य नेता जाेशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउदा म पीडा सहन नसक्ने अवस्थामा छु। याे दुखकाे घडिमा प्रिय नविन्द्रप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पुर्ण परिवारमा गहिराे समवेदना व्यक्त गर्दछु।’
याे पनि पढ्नुहाेस्
प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार