गौरवका योजनाकै प्रगति न्यून

१४चैत्र,काठमाडौँ ।भरतपुर महानगरभित्रका गौरवका आयोजनाको प्रगति सन्तोषजनक हुन सकेको छैन ।

भरतपुर महानगरपालिकाभित्र सञ्चालित गौरवका आयोजनाको निर्माणमा ढिलासुस्ती भएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।

“भरतपुर महानगरपालिकाभित्र सङ्घ, प्रदेशअन्तर्गत सञ्चालनमा आएका आयोजनाको प्रगति विवरण सन्तोषजनक छैन”, प्रमुख दाहालले आयोजनाका प्रमुख तथा ठेकेदारलाई बोलाएर निर्देशन दिइन्, “राष्ट्रिय गौरवका आयोजनालाई गति दिन काम थाल्नुस् । ढिला गर्ने काम छैन ।”पुल्चोक–गोन्द्राङ छ लेन सडक र महानगरीय सिटी हल निर्माण, देवघाटको शवदाह गृह, शारदानगरको रानीपोखरी पार्क, लक्ष्मीनारायण मन्दिर निर्माण र पुल्चोक–बाह्रघरे सडक निर्माण, शहीदचोक–कचपचे चोक सडक निर्माण जस्ता आयोजना महानगरभित्रका गौरवका आयोजना हुन् ।

पुल्चोक–गोन्द्राङ सडक र सिटी हल निर्माणको काम प्रभावकारी रूपमा अगाडि बढे पनि अन्य आयोजनामा सन्तोष गर्न नसकिने प्रमुख दाहालको गुनासो छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस