भारतमा एकैदिन ६२ हजार बढीलाई कोरोना संक्रमण पुष्टि

१४ चैत्र,काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढीलाई कोरोना विरुद्धको खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढेको छ ।

भारतका महाराष्ट्र, पञ्जाब र गुजरातमा सबैभन्दा धेरै संक्रमण फैलिएको छ ।

पछिल्लो २४ घण्टामा २९१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस