१३ चैत, रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर ४ मा निर्माण भएको लिबाङ स्वास्थ्यचौकीको उदघाटन गरिएको छ ।
पुर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले स्वास्थ्यचौकीको उदघाटन गरेका हुन ।उक्त स्वास्थ्यचौकी जापान सरकारको आर्थिक सहयोगमा तथा रोल्पा नगरपालिकाद्धारा निर्माण गरिएको हो । उदघाटन कार्यक्रमका अवसरमा जापानीज राजदुतावासका महामहिम किकुता युताकाले भिडियो मार्फत शुभकामना सन्देश दिएका थिए ।
प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार


