नेपाल पत्रकार महासंघमा तालाबन्दी

१५चैत्र,अर्घाखाँची । जिल्लास्थित स्वतन्त्र युवाले नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको कार्यालयमा तालाबन्दी गरेका छन्।

पत्रकार मतदाताको नामावलीमा राजनीति दलका नेता तथा व्यापारी समावेश भएको भन्दै युवाले शनिबार साँझ तालाबन्दी गरेका हुन।

जिल्लाका सक्रिय पत्रकारलाई सूचीमा समावेश नगरी राजनीतिक दलका नेता तथा व्यापारीलाई मतदाताको सूचीमा राखेका कारण कार्यालयमा तालाबन्दी गरेको गुरुदेव खनाल बताएका छन।

‘यसअघि नामावली सच्याउन अल्टिमेटम दिएका थियौं, तर नसच्चिएपछि तालाबन्दी गरेका हौं’ उनले भने। महासंघको सार्वजनिक सूचीमा कांग्रेसका जिल्ला सभापतिलगायत नेताहरूको नाम समावेश छ।

प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस