१५चैत्र, काठमाडौं । भारतमा एकैदिन ६२ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी भारतमा कोरोना संक्रमितको संख्या एक करोड १९ लाख ७१ हजार ४ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना संक्रमणबाट एकैदिन ३ सय ११ जनाको मृत्यु भएको छ ।

यसरी भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६१ हजार ५ सय ८६ पुगेको छ । त्यस्तै एक करोड १३ लाख २१ हजार ५ सय ७८ जना संक्रमित उपचारपछि निको भएका छन् ।