प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

१५चैत्र,काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

भेटमा संसद सञ्चालन र संसदको बिजनेशको विषयमा कुराकानी भएको थापाले बताए।

प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस