
१५चैत्र, काठमाडौँ । प्रदेश नम्बर १ को प्रदेशसभाको बैठक २३ चैतमा बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै २३ चैत दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाएको हो ।
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेभित्र चर्किएको विवादका कारण प्रदेश १ को प्रदेशसभा बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।
प्रदेश १ को प्रदेशसभा बैठक ९ फागुनयता बस्न सकेको छैन । २० फागुन र २ चैतका लागि बोलाइएका प्रदेशसभा बैठक सत्तारुढ दलभित्रको विवादका कारण स्थगित भएका थिए ।
प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार