१४चैत, रोल्पा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड” आज रोल्पा आउने भएका छन्।
रोल्पा नगरपालिकाले सात्दोबाटोमा निर्माण गरेको जनयुद्ध स्मृति भ्युटावरको उद्घाटन गर्न र लिबाङ हुने पार्टीको जनसभालाई सम्बोधन गर्न उनी रोल्पा आउन लागेका हुन ।
हेलिकप्टरबाट राेल्पा आउन लागेका उनी सदरमुकामस्थित आर्मी ब्यारेकमा अवतरण गर्नेछन्।
प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार


