
१४चैत, रोल्पा । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्रथम लुंग्री गाउँपालिका अधिवेशन गुम्चालनमा सम्पन्न भएको छ ।
माधव रोकाको अध्यक्षता एंव अनेरास्ववियुका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला सह—इन्चार्ज भिमा डिसीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा नेकपा (एमाले) लुंग्री गाउँपालिका इन्चार्ज कमल बुढाथोकी, लुंग्री गाउँपालिका वडा नम्बर ६का युवा संघका अध्यक्ष प्रकाश रोका लगायतको सहभागिता रहेको थियो ।
प्रथम अधिवेशनले माधव रोकाको अध्यक्षमा २९ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।
उपाध्यक्षमा सरमीला बुढाथोकी, सचिवमा केशव कामी, उप—सचिवमा बालराम बुढाथोकी र तिरबहादुर नेपालीलाई चयन गरेको अनेरास्ववियुले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार